logo सोमबार, साउन ११ २०८३

संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न


  • बिचार खबर
  • शनिबार, असार २८ २०८२

संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

काठमाडौं – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’को छायाङ्कन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्।
‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन्।
‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ। अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
सङ्गम विष्टले लेखेको कथा र पटकथा समेटिएको यस लघु चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन रहेको छ साथै बिक्रम गौतमको मेक अप रहेको यस चलचित्रको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना गरेका छन् भने राजेन्द्र बजगाईँले सङ्गीत भरेका छन्। सारीका घिमिरे र विषम आचार्यको स्वरमा तयार भएको गीतमा विषम आचार्यकै ब्याकग्राउन्ड म्युजिक सुन्न सकिनेछ।
चलचित्र निर्माणको सल्लाहकारका रूपमा गम्भीर विष्ट र कुमार मोक्तान तामाङ रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij