logo सोमबार, साउन ११ २०८३

अलोन रेशमको“यस्तो पो होस् माया” सार्वजनिक(भिडियो)


  • बिचार खबर
  • सोमबार, असार ३० २०८२

अलोन रेशमको“यस्तो पो होस् माया” सार्वजनिक(भिडियो)

आर्यन सिग्देल र सदिक्षा पाण्डेको रोमानी प्रस्तुति छोटो समयमै नेपाली संगीत क्षेत्रको लोकप्रिय नाम बन्न सफल निर्देशक अलोन रेशमको निर्देशनमा बनेको नयाँ रोमान्टिक म्युजिक भिडियो “यस्तो पो होस् माया” हालै सार्वजनिक भएको छ। यस म्युजिक भिडियोलाई संगीतप्रेमी दर्शकहरूले निकै रुचाइरहेका छन्।

भिडियोमा चर्चित नायक आर्यन सिग्देल र उदाउँदी मोडल सदिक्षा पाण्डेलाई प्रेमी युगलका रूपमा प्रस्तुत गरिएको छ। दुवै कलाकारको केमिस्ट्री र अभिनयले भिडियोलाई थप प्रभावशाली बनाएको छ। निर्देशक रेशमले यस भिडियोमार्फत दुवैलाई नयाँ ढंगले पर्दामा उतार्ने प्रयास गरेका छन्। भिडियोलाई नेपालका सुन्दर र पर्यटकीय क्षेत्र मुस्ताङ छायाङ्कन गरिएको छ, जसले गीतको भावनालाई थप गहिरो बनाएको छ। दृश्य संयोजन र वातावरणीय सौन्दर्यले भिडियोमा एक Cinematic Touch दिएको देखिन्छ।

 

गीतको शब्द र संगीत स्वयं निर्देशक अलोन रेशमकै रहेको छ, जसमा नेपाली संगीतकी प्रिय गायिका मेलिना राई र गायक विशाल निरौलाको सुमधुर स्वर सुन्न सकिन्छ। यी दुई गायन प्रतिभाको संयोजनले गीतलाई मन छुने बनाएको छ।

भिडियोको सम्पादन दिनपरी क्रिएशनले गरेको हो भने छायाङ्कनको जिम्मा अनुभवी क्यामराम्यान विशाल थापाले सम्हालेका छन्। म्युजिक भिडियो को निर्माता चाहि उपेन कुँवर हुन। “यस्तो पो होस् माया” केवल एउटा म्युजिक भिडियो मात्र नभई आधुनिक प्रेमभावनाको सशक्त प्रस्तुति हो, जसले नेपाली संगीत र भिडियो क्षेत्रमा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ। म्युजिक भिडियो सदिक्षा क्रिएसनमा हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij