logo सोमबार, साउन ११ २०८३

सौगात जङ्ग थापालाई सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड


  • बिचार खबर
  • शुक्रबार, बैशाख २६ २०८२

सौगात जङ्ग थापालाई सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड

गायक सौगात जङ्ग थापाले ८औँ नेशनल इन्क्लुसिभ म्युजिक अवार्ड (NIM Award) मा वर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड हात पार्न सफल भएका छन्।

राजधानीको स्मार्ट दरबार होटलमा आयोजित एक भव्य समारोहबीच थापालाई उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय एन बहादुर ठकुरी प्रमुख अतिथिको रूपमा सहभागी थिए।

थापालाई पाँच जना प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट ठहर गर्दै ‘तिमी आदत बन्यौ मेरो’ बोलको लोकप्रिय गीतका लागि सम्मानित गरिएको हो।

गायन क्षेत्रमा विगत आठ वर्षदेखि सक्रिय रहँदै आएका थापाले यसअघि पनि थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गरिसकेका छन्। समकालीन आधुनिक गीतसंगीतमा छुट्टै पहिचान बनाएका उनले यस अवार्डले आफ्नो मेहनतको मूल्यांकन भएको बताउँदै सबै श्रोताहरूप्रति आभार व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij