logo सोमबार, साउन ११ २०८३

लिम्बु भाषाको गीत ‘ए फुंङ्’ को म्युजिक (भिडियो)


  • बिचार खबर
  • शनिबार, साउन ३ २०८२

लिम्बु भाषाको गीत ‘ए फुंङ्’ को म्युजिक (भिडियो)

काठमाडौं – बरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बा लामो समय देखि अमेरिका बस्दैआउनु भएको भएपनि आफ्नो मौलिक कला, संस्कृतीलाई बिश्वव्यापी रुपमा अगाडी बढाउने कार्यमा निरन्तर लागि परिरहनु भएको छ । यसै सिलसिलमा पछिल्लो समय उहाँको निर्देशनमा बनेको लिम्बु भाषाको गीत ‘ए फुंङ्..’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ । यसमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीतमा मनि ताम्लिङ्ग र दिपा सुहाङ्गको मिठो स्वर संग्रहित छ ।

सुमन थाम्सुहाङग् र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ्ग, निरा नेम्बाङ्ग आदिको पनि अभिनय रहेको छ । अमेरिकाको बिभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ, कलरिङ्ग बिनय कंशाकारको रहेको छ । म्युजिक भिडियो सार्वजनिक गर्दै निर्देशक किशोर सुब्बाले ‘पछिल्लो समय लिम्बु भाषाको म्युजिक भिडियोहरू एकपछि अर्को गर्दै आइरहनु अति नै गर्वको कुरा रहेको र लिम्बु गीतसंगीतमा अझै कसरी फरक र राम्रो काम गर्न सकिन्छ, जसले गर्दा लिम्बु गीतसंगीतले अझैँ उचाई प्राप्त गर्छ भन्नेबारेमा सोच्नुपर्ने’ बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij