काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउँदै सामाजिक अभियानमा सक्रिय यमु शर्मा सुब्बाको अमेरिकामा सफल हातको शल्यक्रिया सम्पन्न भएको छ। २०८२ साल बैशाख २४ गते वासिङ्टन डी.सी.स्थित वासिङ्टन हस्पिटल सेन्टरमा वरिष्ठ डाक्टर ओ’म्याली केभिनको नेतृत्वमा सुब्बाको जटिल शल्यक्रिया गरिएको हो।
सुब्बा, जसले गीतकार र संगीतकारको रूपमा नेपाली सांगीतिक दुनियाँमा थुप्रै लोकप्रिय सिर्जना दिएकी छिन्, हाल मेची-माहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) नेपाल की संस्थापक अध्यक्ष तथा MEMBSA International की वर्तमान अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनका गीतहरूमा शब्द मात्र होइन, संगीत संयोजनमा पनि उनको विशिष्ट योगदान रहँदै आएको छ। सामाजिक क्षेत्रमा पनि सुब्बाले उल्लेखनीय योगदान दिँदै आएकी छन्।

नेपालको ग्रामीण भेगमा रहेका महिला र बालबालिकाका अधिकारका लागि उनले आवाज उठाउँदै महिला सशक्तिकरण, सामाजिक न्याय र समानताको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी छिन्। महिला हिंसा, गरिबी र असमानताका विरुद्ध लड्दै विभिन्न स्वास्थ्य, शिक्षा र सशक्तिकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएकी सुब्बाले MEMBSA संस्थालाई नेपालमै सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा फैलाउँदै वासिङ्टन डी.सी.मा यसको मुख्यालय स्थापना गरिन्।
उनको यो समर्पण र योगदानले नेपाली समाजमा मात्र होइन, प्रवासी नेपाली समुदायमा पनि ठूलो प्रेरणा दिएको छ। गीतसंगीत र समाजसेवामा समर्पित यमु शर्मा सुब्बाको सफल शल्यक्रियापछि स्वास्थ्य लाभतर्फ अग्रसर भैरहेको जानकारी आएको छ।
हामी सम्पूर्ण तर्फबाट उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij