logo सोमबार, साउन ११ २०८३

युवराज छन्त्याल–लक्ष्मी रेग्मीको स्वरमा तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक(भिडियो)


  • बिचार खबर
  • आइतबार, साउन २५ २०८२

युवराज छन्त्याल–लक्ष्मी रेग्मीको स्वरमा तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक(भिडियो)

काठमाडौं – चर्चित गायक युवराज छन्त्याल र गायिका लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक भएको छ। हाल वहुविवाहलाई मान्यता दिने विषयमा बहस भइरहेका बेला आएको यस गीतले सोही विषयलाई रोचक तरिकाले प्रस्तुत गरेको छ। गीतमा “घरकी भन्दा बाहिरकी राम्री लागेको” अवस्थालाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरिएको छ।

प्रतिमा शर्मा चपाईको शब्दमा तयार भएको गीतमा सुर्य खड्काको संगीत र याम थापा मगरको संगीत संयोजन रहेको छ। रमाइलो नृत्य भरिएको भिडियोको कोरियोग्राफी र निर्देशन शिवम पोखरेलले गरेका छन्।

भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतको जीवन्त प्रस्तुति देख्न सकिन्छ। छायांकन सरोज शाही र उमेश बहादुर शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। शृङ्गारको जिम्मा सरिता प्रजापतिले सम्हालेकी छन्।

तीजमा नाच्न लायक गीतको खडेरी भएको बेला ‘भयो डामाडोल’ले श्रोता–दर्शकमाझ नयाँ उत्साह र आशा जगाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij