logo मंगलबार, भाद्र ३० २०८३

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित


  • बिचार खबर
  • शुक्रबार, बैशाख २६ २०८२

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी  निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धाी प्रकाश तिमल्सिनालाइ पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिनाले ३५ मत पाए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन् । खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मतमा सिमित भए ।

यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छिन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij