logo सोमबार, भाद्र २९ २०८३

ज्योतिष पं. मेघनाथ रेग्मीलाई थाइल्याण्डमा ‘स्टार इन्टरनेशनल अवार्ड’


  • बिचार खबर
  • शनिबार, भाद्र २१ २०८२

ज्योतिष पं. मेघनाथ रेग्मीलाई थाइल्याण्डमा ‘स्टार इन्टरनेशनल अवार्ड’

काठमाडौं । नेपालका चर्चित ज्योतिष तथा वास्तु विज्ञ पण्डित मेघनाथ रेग्मीले स्टार इन्टरनेशनल अवार्ड जित्न सफल भएका छन् । काठमाडौंको गोंगबुमा भाग्य कुण्डली ज्योतिष सेवा केन्द्र सञ्चालन गर्दै हालसम्म हजारौं सेवाग्राहीलाई आफ्नो कुशल सेवा प्रदान गर्दै आएका रेग्मीलाई थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिक मा सम्पन्न भव्य समारोहमा अवार्ड प्रदान गरिएको हो ।

नेपालकै सर्वोत्कृष्ट ज्योतिषको रूपमा सम्मानित रेग्मीलाई एनआरएन (गैरआवासीय नेपाली संघ) का विशिष्ट पदाधिकारीहरूले पुरस्कार अवार्ड प्रमाण पत्र तथा मेडल हस्तान्तरण गरेका थिए ।

आयोजक समितिका अनुसार, पण्डित रेग्मीको पछिल्लो लोकप्रियता, उनको संघर्ष र निरन्तर मिहिनेतको उच्च मूल्यांकन गर्दै उनलाई यस अवार्डका लागि छनोट गरिएको हो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम व्यवस्थापन संघ, नेपाल का केन्द्रीय अध्यक्ष राजेन्द्र लुईटेलले रेग्मीको समर्पण, कर्मनिष्ठा र सेवाभावले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको बताए ।

पण्डित रेग्मीले अनलाइन ज्योतिष सेवा, वास्तु परामर्श र वैदेशिक नेपालीहरूलाई पूजा–पाठका वैकल्पिक माध्यम उपलब्ध गराउँदै आएका छन् । उनको जीवनयात्रा, निरन्तर प्रयास र सेवाभावकै कारण आज हजारौं सेवाग्राही उनीमाथि विश्वास गर्ने मात्र नभई अन्तर्राष्ट्रिय सम्मान दिलाउन सफल भएको बताइएको छ ।

नेपालका कुशल ज्योतिष तथा वास्तु विज्ञ पण्डित मेघनाथ रेग्मी केवल परम्परागत ज्योतिषाचार्य मात्र होइनन्, आधुनिक युगमा ज्योतिष विद्यालाई डिजिटल प्रविधिसँग जोडेर नयाँ ढंगले प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा परिचित छन् ।

बाल्यकालदेखि नै वैदिक धर्मशास्त्र र ज्योतिषप्रति गहिरो लगाव राख्ने रेग्मीले दीर्घ अभ्यास र अध्ययनमार्फत चिना (कुण्डली), ग्रहदोष निवारण, विवाह र पारिवारिक सम्बन्ध, व्यापार–रोजगारी, वास्तुशास्त्र, रत्न तथा रुद्राक्षका प्रभाव लगायतका विषयमा उच्च दक्षता हासिल गरेका छन् ।
उनीले परम्परागत ज्ञानलाई आधुनिक खगोल गणित, अक्षांश–देशान्तर, र ग्रहस्थितिको वैज्ञानिक गणनासँग जोडेर व्यावहारिक र प्रमाणिक परामर्श दिने अभ्यास गरेका कारण उनी सेवाग्राहीबीच विशिष्ट छाप छोड्न सफल भएका छन् ।

काठमाडौंको गोंगबुमा सञ्चालित भाग्य कुण्डली ज्योतिष सेवा केन्द्रमा मात्र नभई अनलाइन सेवामार्फत देशभित्र र विदेशमा रहेका हजारौं नेपालीहरूलाई उनले सहजै सेवा उपलब्ध गराएका छन् । २००० भन्दा बढी नियमित सेवाग्राही, निरन्तर फलो–अप, र सेवापछि दिइने लिखित प्रतिवेदनले उनको विश्वासिलो छवि अझ प्रगाढ बनाएको छ ।

विशेषगरी विदेशमा रहेका नेपालीहरूले नामकरण, पास्नी, जन्मोत्सव, चूडा, तीज, पञ्चमी जस्ता पूजाका अवसरमा अनलाइनमार्फतै गुरुको मार्गदर्शन पाएपछि उनको लोकप्रियता तीव्र गतिमा बढेको हो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij