logo सोमबार, भाद्र २९ २०८३

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही


  • बिचार खबर
  • शनिबार, भाद्र २८ २०८२

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर बन्दुकको बलमा असंवैधानिक ढङ्गले संसद विघटन गरिएको जिकिर गरेका छन् ।

उनले हजारौँ नेपालीको बलिदानबाट प्राप्त संविधान र जनताको मतद्वारा निर्वाचित संसदलाई सेनाको बन्दुकको बलले हत्या गरिएको भन्दै संसद विघटनप्रति घोर भर्त्सना गरेका छन् ।

शाहीले शहीदहरूको रगतबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई षड्यन्त्रपूर्वक समाप्त गरी निरङ्कुशता लादिएको ठहर गरेका छन् ।

उनले जेन–जीको आन्दोलनमा घुसपैठ गर्नेहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैङ्कहरू लुट्दा र आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दासमेत मुकदर्शक भएर बस्नुले गम्भीर षडयन्त्र पुष्टि भएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij