logo सोमबार, साउन ११ २०८३

दीपक राज विश्वकर्माले गरे गायक नारायण गजमेर र मेलिना राईसँग दशैं गीतको सहकार्य


  • बिचार खबर
  • बिहिबार, असोज २ २०८२

दीपक राज विश्वकर्माले गरे गायक नारायण गजमेर र मेलिना राईसँग दशैं गीतको सहकार्य

नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ” टिका जमरा” सार्वजनिक गरिँदैछ l मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ।

नेपालीहरूको महान चाड बडा दशैँलाई म्युजिक भिडियो मार्फत निर्देशक दीपक राज विश्वकर्माले आफूभन्दा ठूलाबडाका आशीर्वाद र माया साट्ने विशेष दिन लाई सम्झना गर्दै म्युजिक भिडियो तयार पारिएको छ। दुर्गा खाती गजमेरको प्रस्तुतिमा ” टिका जमरा” म्युजिक भिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेली अभिनय गरेको छ।

छायाङ्कन विशाल थापा र रमेश दियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशन विश्वकर्माले गरेका छन्। सोही म्युजिक भिडियोलाई सम्पादन भने दिनसन गरे हुन् ।

गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक लिएको हो l टिका जमरा म्युजिक भिडियोलाई आउँदो साता सार्वजनिक गरिँदैछ। प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गर्ने श्रष्टा गायक नारायण गजमेरले आधा दर्जनभन्दा गीत सार्वजनिक गरिसकेका छन्।

२०१६ मा सार्वजनिक गरिएको एल्बम “निश्चल” उनको पहिलो सांगीतिक कोसेली रहेको थियो जहाँबाट नेपाली गीत संगीतमा पहिलो कदम चाल्दै हालसम्म पनि अनवरत रुपमा निरन्तरता दिँदै आइरहेका छन्। उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्मको गायक रूपमा चिनिन्छ जहाँ २५० भन्दा बढी डिजिटल प्ल्याटफर्ममा नेपाली गीत संगीतको बजार अन्तर्राष्ट्रिय सम्म पुर्याउने काम गरेका हुन्।

जतिबेला नेपालको कुनै पनि गीत संगीत अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्ममा उपलब्ध थिएन। पछिल्लो समयमा रातो रिबन, चोर्यो मायाले दर्शकको मन र मुटुमा बस्न सफल भएका छन्। चोर्यो मायाको अपार सफलतापछि उनी विभिन्न स्टेज प्रोग्राममा सांगीतिक प्रस्तुतिमा व्यस्त छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij