logo सोमबार, साउन ११ २०८३

मनास्लु वर्ल्ड कलेजको भव्य समारोह: मदनकृष्ण श्रेष्ठदेखि प्रियंका कार्कीसम्म एउटै मञ्चमा


  • बिचार खबर
  • शुक्रबार, फाल्गुन १ २०८२

मनास्लु वर्ल्ड कलेजको भव्य समारोह: मदनकृष्ण श्रेष्ठदेखि प्रियंका कार्कीसम्म एउटै मञ्चमा

काठमाडौँ- काठमाडौँमा रहेको मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय स्तरको झल्को दिने गरी स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। काठमाडौँ महानगरपालिका अन्तर्गत चुच्चेपाटिचाबहिल क्षेत्रमा अवस्थित कलेजले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित भव्य कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको हो।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान गर्नुका साथै कलेजका उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो। यसै अवसरमा कलेजले हरेक वर्ष आयोजना गर्दै आएका ‘मनास्लु आइडल’, ‘मनास्लु डान्सिङ स्टार’ र ‘मिस्टर एन्ड मिस मनास्लु’–२०८२ को ग्राण्ड फिनाले पनि सम्पन्न भएको थियो।

गेन्द्र लामा को सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। विशेष अतिथिमा प्रियंका कार्कीबुद्धि तामाङअभिषेक घिमिरेविश्व लिम्बुएन्जिला तुम्बाप्पो सुब्बा तथा अनन्त प्रसाद भेटवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा करिब ३०० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधि सहभागी भएका थिए। साथै कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मनोरञ्जनात्मक प्रस्तुतिका लागि तृष्णा गुरुङ एण्ड कोल्याब ब्यान्ड तथा शान्ति श्री परियार को सांगीतिक प्रस्तुति आकर्षण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख श्रेष्ठले विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने र विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वबाट प्रेरणा लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। अबको शिक्षा प्रमाणपत्रमा सीमित नभई सीपमुखी हुनुपर्नेमा कलेजले जोड दिँदै आएको उनले बताए।

विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै कक्षा १२ कानुन संकायकी पूर्णिमा रामदान विकले कलेजले आधुनिक विश्वका चुनौती सामना गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बताइन्।

कार्यक्रममा पाँच विशिष्ट व्यक्तित्वलाई आ–आफ्नो क्षेत्रमा योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो। जस अन्तर्गत बुद्धि तामाङलाई ‘मनास्लु कलाकर्मी सम्मान–२०८२’, विश्व लिम्बुलाई ‘मनास्लु सञ्चारकर्मी सम्मान–२०८२’, एन्जिला सुब्बालाई ‘मनास्लु खेलाडी सम्मान–२०८२’, अभिषेक घिमिरेलाई ‘मनास्लु शिक्षासेवी सम्मान–२०८२’ तथा अनन्त प्रसाद भेटवाललाई ‘मनास्लु समाजसेवी सम्मान–२०८२’ प्रदान गरिएको थियो।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई ‘मनास्लु राष्ट्रिय गौरव सम्मान–२०८२’ प्रदान गरिएको थियो। कार्यक्रममा उनीप्रति समर्पित नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

सम्मान ग्रहणपछि विश्व लिम्बुले विद्यार्थीहरूलाई आफ्नो रुचिको क्षेत्रमा मेहनत गरेर लाग्न आग्रह गरे। कार्यक्रममा विद्यार्थी प्रस्तुति, सांगीतिक कार्यक्रम तथा ‘भोइस अफ मनास्लु’ म्यागेजिन विमोचन समेत गरिएको थियो।

कार्यक्रमका क्रममा मदनकृष्ण श्रेष्ठले आफ्नो चर्चित गीत फुल बुट्टे सारी प्रस्तुत गरेका थिए। उनले आफूलाई यहाँसम्म ल्याउन ईश्वरको कृपा र हरिवंश आचार्य को साथ महत्वपूर्ण रहेको बताए।

कार्यक्रमको समापन गर्दै सभापति गेन्द्र लामाले यस्ता कार्यक्रमले विद्यार्थीलाई राष्ट्रिय स्तरको अनुभव दिलाउने र भविष्यको नेतृत्व तयार पार्न सहयोग पुग्ने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij