‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ को अवसरमा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको आयोजना तथा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजमा अतुलनीय योगदान पुर्याएका ११ महिला, सामाजिक कार्यमा सक्रिय १०० स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई समेत सम्मान गरिएको थियो।
पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, अन्तर्राष्ट्रिय खेलाडी करुणा रावत क्षेत्री र अन्य ११ महिला प्रमुख सम्मानित महिला घोषित भए। कार्यक्रममा नेपाल आइडल गङ्गा सोनामको सांगीतिक प्रस्तुति र ‘सर्वनाम’ नाटकघरको नाटक प्रदर्शन पनि गरिएको थियो।
कार्यक्रमसँगै पाटनको मंगलबजारमा रक्तदान तथा आँखा जाँच शिविरको कार्यक्रम पनि सम्पन्न भएको थियो, जसमा ७ जनाले रक्तदान गरेका थिए।
संस्थाका नेतृत्वकर्ता तथा डिस्ट्रिकका प्रतिनिधिहरूले महिला सशक्तिकरण, सामाजिक योगदान र स्वास्थ्य क्षेत्रमा सक्रियताका लागि शुभकामना व्यक्त गरेका थिए।
पूर्व कुमारी चनिरा बज्राचार्य – लायन्स सांस्कृतिक प्रेरणादायी पुरस्कार २०२६
सञ्चारकर्मी माल्भिका सुब्बा – लायन्स मिडिया व्यक्तित्व पुरस्कार २०२६
जेन्जी मुभमेन्टकी सरिष्मा थापा – लायन्स सामुदायिक परिवर्तनकर्ता पुरस्कार २०२६
जुनु थापा मगर, भलिबल संघ केन्द्रीय सदस्य – लायन्स नेतृत्व पुरस्कार २०२६
सजना जिरेल – लायन्स व्यवसायिक उद्यमी पुरस्कार २०२६
नेपाल आइडल गङ्गा सोनाम – लायन्स युवा प्रतीक पुरस्कार २०२६
रेवती गुरुङ – लायन्स सामाजिक उद्यमी पुरस्कार २०२६
शिभना श्रेष्ठ – लायन्स महिला खेलकुद पुरस्कार २०२६
डा. मनु कार्का – लायन्स सामाजिक प्रभाव पुरस्कार २०२६
स्नेहा श्रेष्ठ – लायन्स सामाजिक कल्याण पुरस्कार २०२६
अन्तर्राष्ट्रिय कराँते रेफ्री करुणा रावत क्षेत्री – लायन्स महिला सशक्तिकरण च्याम्पियन पुरस्कार २०२६
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij