logo मंगलबार, भाद्र ३० २०८३

भविष्यका स्टार तयार गर्दै ‘नेपाल किड्स ट्यालेन्ट हन्ट’ को ग्रान्ड फिनाले सम्पन्न


  • बिचार खबर
  • बुधबार, बैशाख २ २०८३

भविष्यका स्टार तयार गर्दै ‘नेपाल किड्स ट्यालेन्ट हन्ट’ को ग्रान्ड फिनाले सम्पन्न

ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत २९ गते आइतबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षण तथा प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ डान्स कोरियोग्राफर कमल राईको उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै सोनित राज धुंगेलले सञ्चालन गरेका थिए।

गायन विधातर्फ दिक्षिता शाही विजेता घोषित भइन् भने प्रोषण परियारले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै, छेसाङ लामा प्रथम रनरअप र श्रियुक्ता शाही द्वितीय रनरअप घोषित भए।

गायनतर्फका निर्णायकहरूमा गायक तथा संगीतकार रमेश पाठक, गायक चेतन राई तथा गायिका रानु निरौला रहेका थिए।

नृत्य विधातर्फ बिन्ती श्री अधिकारी विजेता घोषित भइन् भने न्यान्सी सिंह ठाकुरीले पब्लिक च्वाइस अवार्ड हात पारिन्। परीशा बराइली प्रथम रनरअप र रबिना भुजेल द्वितीय रनरअप बन्न सफल भए।

नृत्यतर्फका निर्णायकहरूमा डान्स कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक कृष्ण रसाल, कोरियोग्राफर अनिश क्षेत्री तथा मनास्लु डान्सिङ स्टार विजेता शिवानी थापा मगर रहेका थिए।

प्रतियोगितामा सहभागी बालप्रतिभाहरूलाई करिब दुई महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो। नृत्यतर्फ कोरियोग्राफर सन्दीप भुजेलले प्रशिक्षण दिएका थिए भने युनिका खतिवडाले सहायक कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन्। त्यसैगरी, गायनतर्फ विभुषण राईले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको टाइटल प्रायोजकका रूपमा कोस्विज हर्बल्स रहेको थियो भने एसोसिएट पार्टनरका रूपमा द गुरुकुलम स्कुलको सहयोग रहेको थियो।

उक्त कार्यक्रममार्फत बालबालिकामा लुकेका प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्दै उनीहरूलाई भविष्यका लागि मार्गदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरिएको आयोजकले जनाएको छ। साथै, आगामी दिनमा अझ भव्य तथा प्रभावकारी कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij