सुदूरपश्चिम प्रदेशकै पहिलो डोटेली भाषाको गीति एल्बम “हिरोईन मिनाकुमारी” को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ । ए.एस. उडान फिल्म प्रोडक्सन को ब्यानरमा तथा सिमा आचार्य को प्रस्तुतिमा निर्माण भइरहेको उक्त एल्बम सुदूरपश्चिमका विभिन्न रमणीय तथा पर्यटकीय स्थलहरूमा छायांकन गरिएको निर्माण टिमले जनाएको छ ।
एल्बममा मोडलका रूपमा केशब भाट र मनिषा सिंह ठकुरी को आकर्षक अभिनय देख्न पाइनेछ । साथै, सुदूरपश्चिम प्रदेशका प्रथम नायकका रूपमा परिचित अम्बिका प्रसाद आचार्य को दमदार अभिनयले एल्बमलाई थप विशेष बनाएको निर्माण पक्षले जनाएको छ ।
एल्बममा अम्बिका प्रसाद आचार्य म्यानेजिङ डाइरेक्टर तथा नयाँ स्टोरी कन्सेप्टमा रहनुभएको छ भने गायनतर्फ दिल ब. बि. क. र सन्चिता नेपाली को स्वर रहेको छ । त्यसैगरी, कथा, निर्देशन तथा कोरियोग्राफी केशब भाट ले गर्नुभएको हो ।
छायांकनतर्फ अनिल चौधरी, प्रकाश व्यवस्थापनमा अनिक चौधरी तथा सहकार्यमा केशव राज जोशी को महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
बहुप्रतिक्षित डोटेली गीति एल्बम “हिरोईन मिनाकुमारी” चाँडै नै दर्शकमाझ सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij