logo मंगलबार, भाद्र ३० २०८३

नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन ३ भव्य रूपमा सम्पन्न


  • बिचार खबर
  • सोमबार, असार १५ २०८३

नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन ३ भव्य रूपमा सम्पन्न

काठमाडौं । बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजित ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन–३’ को ग्रान्ड फिनाले शुक्रबार राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ।

व्ल्याकवर्ड ईन्टरटेनमेन्टको आयोजनामा तथा कसविज हर्वल्सको टाइटल स्पोन्सरशिपमा सम्पन्न प्रतियोगितामा ललितपुर जिल्लाका २५ विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताअन्तर्गत जुनियर गर्ल्स समूहमा १६, ब्वाइज समूहमा ११ तथा सिनियर गर्ल्स समूहमा १३ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा गायन, नृत्य, व्यक्तित्व विकास, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरणमार्फत सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ग्रान्ड फिनालेमा प्रस्तुत भएका आकर्षक सांस्कृतिक कार्यक्रम, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिले राष्ट्रिय नाचघर दर्शकले भरिभराउ बनेको थियो। कार्यक्रममा सहभागी अभिभावक, शिक्षक, विद्यालयका प्रतिनिधि तथा दर्शकहरूले प्रतियोगीहरूको प्रस्तुति र प्रतिभाको उच्च प्रशंसा गरेका थिए।

प्रतियोगिताको मूल्याङ्कन निर्णायकहरू अश्विनी झा, रुजा राउत, अर्विन चन्द ठाकुरी तथा वाङ्देन लामा ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फेसन कोरियोग्राफर तथा टेलिभिजन प्रस्तोता रोजिन शाक्य ले गर्नुभएको थियो।

विजेताहरू :

जुनियर गर्ल्स समूह तर्फ डोल्मा तामाङ विजेता घोषित भइन्। आरोही श्रेष्ठ प्रथम रनरअप तथा मोस्ट पपुलर विनर, तनिशा दाहाल खत्री दोस्रो रनरअप, डेलिलाह चित्रकार तेस्रो रनरअप र हिमान्शी नापित चौथो रनरअप घोषित भए। ब्रियाना लो लामा ले पब्लिक च्वाइस विनरको उपाधि जितिन्।

ब्वाइज समूह तर्फ दोर्जे तामाङ विजेता बने। आशर सुनार प्रथम रनरअप, रियोन महर्जन दोस्रो रनरअप तथा आराध्य गजुरेल तेस्रो रनरअप घोषित भए। आरुष श्रेष्ठ मोस्ट पपुलर विनर तथा सौजन राई पब्लिक च्वाइस विनर बने।

त्यसैगरी सिनियर गर्ल्स समूह तर्फ सारा मगर ले टाइटल विनरसँगै मोस्ट पपुलर विनरको उपाधि समेत जितिन्। सलिना महर्जन प्रथम रनरअप, परिधि साउद दोस्रो रनरअप, युनिका लोहानी तेस्रो रनरअप तथा प्रोमिस्ट्रिना राई पब्लिक च्वाइस विनर घोषित भइन्।

प्रतियोगिताका तीनै समूहका टाइटल विजेताले सन् २०२७ को अप्रिलमा थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्ने विशेष अवसर प्राप्त गरेका छन्। आयोजकका अनुसार यो उपलब्धि प्रतियोगिताको महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ।

मुख्य उपाधिका अतिरिक्त बेस्ट वाक, बेस्ट डान्स, मोस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मोस्ट कन्फिडेन्स, बेस्ट आर्टवर्क, बेस्ट कुकिङ, बेस्ट सिङ्गिङ, मोस्ट फोटोजेनिक तथा म्यानेजमेन्ट च्वाइस लगायतका विभिन्न विशेष विधामा समेत पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम सफल बनाउन सबिना श्रेष्ठ (इभेन्ट डाइरेक्टर), सन्दीप भुजेल (अफिसियल डान्स कोरियोग्राफर), सुमी बनियाँ (अफिसियल कोरियोग्राफर), अश्मिता श्रेष्ठ (अफिसियल ड्रेस डिजाइनर), ओम प्रसाई (अफिसियल भिडियोग्राफर), किरण स्याङ्वा (अफिसियल फोटोग्राफर), दिक्ष्या लामा (अफिसियल मेकअप आर्टिस्ट) तथा जमुना साही (इभेन्ट कोअर्डिनेटर) ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आयोजक व्ल्याकवर्ड ईन्टरटेनमेन्टले बालबालिकाको प्रतिभा, व्यक्तित्व तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित आगामी दिनमा अझ व्यवस्थित, भव्य तथा राष्ट्रियस्तरका कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने टाइटल स्पोन्सर, सहभागी विद्यालय, अभिभावक, निर्णायक मण्डल, अतिथि, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij