logo मंगलबार, भाद्र ३० २०८३

साहित्यकार सीता पाण्डेको काठमाडौंमा एकल कविता वाचन


  • बिचार खबर
  • सोमबार, बैशाख २९ २०८२

काठमाडौंमा भएको एकल वाचनमा आफ्ना रचना प्रस्तुतिमार्फ गुञ्जिनु भएको छ साहित्यरका सीता पाण्डे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्वपुरस्कार समितिकी संयोजक साहित्यकार पाण्डे बुधबार भएको एकल साँझमा गुञ्जिनु भएको हो ।

कार्यक्रममा उहाँका एक दर्जन कविता वाचन गरिएको थियो । कार्यक्रममा कवि पाण्डे स्वयंले आठ कविता वाचन गर्नुभएको थियो भने कविहरू शैलेन्द्र साकार, डा.सिर्जना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविताहरू वाचन गर्नुभएको थियो ।

विगत एक्काइस वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आउनुभएकी कवि पाण्डे नेपाल आएको अवसरमा महिला साहित्यकार समूहले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वरिष्ठ समालोचक प्राडा.गोविन्दराज भट्टराईले प्रमुख वक्ताको हैसियतमा कवि पाण्डेको साहित्यिक योगदानको चर्चा गर्दौ काव्यिक विशेषताबारे बोल्नुभएको थियो ।

प्राडा.भट्टराईले कवि पाण्डेका कृतिहरू सरल तर गहन हुने गरेको बताउँदै बिम्बहरूको प्रयोग भएका कथा, संस्मरण र कविताहरूमा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृंखल नभई सालिन हुनेगरेको जिकिर गर्नुभयो । उहाँले सीताको कृति अंग्रेजी भाषा भाषामासमेत अनुवाद भएको जानकारी गराउनु भयो ।

यसैगरी साहित्यकार प्राडा.कुमार कोइरालाले कवि पाण्डेको संक्षिप्त परिचय गराउनुभएको थियो । उहाँले कवि पाण्डे सर्जकमात्र नभई साहित्यिक पत्रकार, पत्रकार र खेलकुद परिषद्का कर्मचारीसमेत रहेको उल्लेख गर्नुभयो । प्राडा. कोइरालाले पाण्डेका कृतिहरू ‘असजिला खुशीहरू’ ‘यौन र अनुभूति’का बारेमा संक्षिप्त टिप्पणीसमेत गर्नुभएको थियो । एक विद्रोही महिला साहित्यकारको उपमा दिँदै उहाँले पाण्डेको ‘अन्तरद्वन्द्व’ कृतिको आफूले समालोचनासमेत गरेको सुनाउनुभयो ।

महिला साहित्यकार समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गर्नुभएको कार्यक्रममा साहित्यकार पाण्डेले आफ्नो पुराना दिनहरूलाई सम्झदै आफ्ना साहित्य सिर्जनाबारे बोल्नुभएको थियो । समारोहमा साहित्यकार पाण्डेलाई दोसल्ला र माला लगाएर सम्मान अर्पण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij