काठमाडौं । सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभाको संगमका रूपमा आयोजना हुँदै आएको ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करणको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, काठमाडौंमा भव्य समारोहका बीच आयोजना हुने भएको छ।
अडिसनबाट छनोट भएका प्रतियोगीहरू अहिले ग्रान्ड फिनालेको तयारीमा जुटेका छन्। प्रतियोगीहरूलाई व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी विशेष प्रशिक्षण प्रदान भइरहेको छ।
प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ-मेकअप तथा फेशन लगायतका विषयमा दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण दिइँदै आएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी प्रतियोगीहरू
मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६का लागि सहभागी प्रतियोगीहरूमा:
१. मन्दिरा आचार्य
२. सृजना घिमिरे
३. समीक्षा शर्मा
४. रिता कटुवाल
५. गीता बुढाथोकी
६. रिता तामाङ
७. रेखा श्रेष्ठ
८. निशा राजभण्डारी
९. सञ्जिना चौधरी
१०. तारा कुमारी दुलाल
१२. सुनिता श्रेष्ठ आचार्य रहनुभएको छ।
आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेका अनुसार प्रतियोगिताको उद्देश्य सौन्दर्यलाई मात्र नभई महिलाको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गर्नु हो।
पाण्डेले भन्नुभयो, प्रतियोगीहरूलाई प्रशिक्षणमार्फत मञ्चमा प्रस्तुत हुने कला, आफ्नो क्षमता प्रस्तुत गर्ने आत्मविश्वास तथा समाजमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिँदैछ।
अब प्रतियोगीहरू ग्रान्ड फिनालेको अन्तिम तयारीमा रहेका छन्। प्रशिक्षणसँगै उनीहरूको र्याम्प वाक, स्टेज प्रेजेन्स, प्रश्नोत्तर, प्रस्तुति तथा व्यक्तित्व विकासमा विशेष अभ्यास भइरहेको छ।
भदौ ६ गते राष्ट्रिय नाचघरमा हुने भव्य ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिने प्रतियोगीमध्येबाट मिस तथा मिसेस ब्युटिफुल नेपाल २०२६ का विजेता चयन गरिनेछ। सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने प्रतियोगीलाई उपाधि प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, सञ्चारकर्मी, फेसन तथा सौन्दर्य क्षेत्रका प्रतिनिधि, सामाजिक व्यक्तित्व र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
अबको केही दिन प्रतियोगीहरूको अन्तिम तयारी, कडा प्रशिक्षण र उत्कृष्ट प्रस्तुति निर्माणमा केन्द्रित हुनेछ।
भदौ ६ गते राष्ट्रिय नाचघरमा हुने यो भव्य समारोहले नेपाली सौन्दर्य तथा पेजेन्ट क्षेत्रलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij