logo सोमबार, साउन ११ २०८३

निबन्धकार-नियात्राकार युवराज नयाँघरेसँग अन्तरसंवाद


  • बिचार खबर
  • सोमबार, बैशाख २९ २०८२

निबन्धकार-नियात्राकार युवराज नयाँघरेसँग अन्तरसंवाद

निबन्धकार-नियात्राकार युवराज नयाँघरेसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्य समाज उर्लाबारीको आयोजना र सामुदायिक विकास मञ्चको समन्वयमा आयोजित उक्त कार्यकममा धनकुटे कान्छा, प्रेम बोहोरा, रुमानी कुलुङ, नवराज भट्टराई, कृष्ण उदासीलगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो । निबन्धकार नयाँघरेले आफ्ना २२ कृतिमा आधारित तिनको गर्भकथाबारे जानकारी गराउनुभएको थियो ।

‘कुनै पनि लेखकको सिर्जना उसको आफ्नो भोगाइभन्दा पर हुँदैन । मैले आफ्नो लेखन पनि यही सेरोफेरोमा रहेर अघि बढाएको हुँ । मौलिकता र पहिचानको स्वादमा यस्तो रचनाको मूल्य विशेष हुनेगर्छ’, उहाँले भन्नुभयो । समारोहमा पदम लुइँटेल, रेवतीप्रसाद घिमिरे, प्रशान्त निरौलालगायतले कविता वाचन गर्नुभएको थियो । सो अवसरमा अन्य निकै जिज्ञासुले नियात्राकार नयाँघरेलाई उहाँको लेखनबारे प्रश्न गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij