logo मंगलबार, भाद्र ३० २०८३

६ किलो अवैध चाँदीसहित बस नियन्त्रणमा


  • बिचार खबर
  • सोमबार, बैशाख २९ २०८२

६ किलो अवैध चाँदीसहित बस नियन्त्रणमा

प्रहरी चौकी पथलैयाबाट प्रहरी निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको टोलीले बारा जिल्लाको पथलैया चोकमा यात्रुबाहक बस बा.प्र.३२५६० बाट करिब ६ किलो अवैध चाँदी बरामद गरेको छ।

साेमबार साँझ ५:३० बजे वीरगंजबाट तुलसीपुर, दाङतर्फ गइरहेको उक्त बस चेकजाँचका क्रममा रोकी जाँच गर्दा, बसको क्याबिन भित्र सिटमुनि लुकाइएको अवस्थामा टेपले बेरेको कार्टुन फेला परेको थियो।

उक्त कार्टुन खोली हेर्दा चाँदी जस्तो देखिने रेडिमेड गरगहना भेटिएको प्रहरीले जनाएको छ। बरामद चाँदीको तौल करिब ६ किलो ९४ ग्राम रहेको छ र अनुमानित मूल्य करीब १० लाख ८० हजार रुपैयाँ रहेको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij