गृहमन्त्रीको मान्छे हुँ भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच तथा डर त्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको गुनासो आएपछि श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एसपी काजी प्रसाद आचार्यले बताए । ।
एसपी आचार्यका अनुसार उनलाई सात दिन म्याद थप गरी अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij