logo सोमबार, साउन ११ २०८३

पोर्चुगलको आप्रवासन नीतिमा कडाइ : हजारौँ नेपाली प्रभावित हुने आशंका


  • बिचार खबर
  • सोमबार, बैशाख २९ २०८२

पोर्चुगलको आप्रवासन नीतिमा कडाइ : हजारौँ नेपाली प्रभावित हुने आशंका

लिस्बन — आप्रवासन नीतिमा कडाइ गर्दै पोर्चुगलले हालसम्म २३ हजार ५ सयभन्दा बढी आप्रवासीको बसोबास अनुमति खारेज गरेको छ। तीमध्ये ४ हजार ५ सय जनालाई २० दिनभित्र देश छाड्न निर्देशन दिइएको छ। अस्वीकृतमा नेपाली नागरिकसमेत परेका छन्।

एजेन्सी फर इन्टिग्रेसन, माइग्रेशन एन्ड एसाइलममा चार लाख ४६ हजारभन्दा बढी बसोबास आवेदन परेका थिए। तीमध्ये एक लाख २३ हजार स्वीकृत भइसकेका छन् भने बाँकीमध्ये धेरै रद्द गरिएका छन्।

पछिल्लो समय युरोप पुगेका नेपालीको गन्तव्य पोर्चुगल बन्दै आएको छ। सरकारी तथ्यांक अनुसार करिब १५ हजार नेपाली पोर्चुगलमा कानुनी रूपमा बसिरहेका छन्। तर नयाँ कडाइले अवैध रूपमा बसिरहेका नेपालीहरू प्रभावित हुने अनुमान छ।

सरकारले अबदेखि रोजगार सम्झौता गरेर मात्र आप्रवासनको अनुमति दिने नीति अपनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij