logo सोमबार, साउन ११ २०८३

राष्ट्रिय परिचयपत्र बनाउन हुम्ला प्रशासनको टोली गाउँगाउँमा


  • बिचार खबर
  • मंगलबार, बैशाख ३० २०८२

राष्ट्रिय परिचयपत्र बनाउन हुम्ला प्रशासनको टोली गाउँगाउँमा

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाको टोली गाउँगाउँमा पुगेको छ ।

पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए ।

यही वैशाख २८ गते आईतबारबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँगाउँमा पुर्‍याएर हुम्ली बासी आमाबुवा, दिदी बहिनी तथा दाजुभाईका घरदैलोमा सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

उक्त शिविर जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकले आवश्यक पर्ने सक्कलै कागजात दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।

कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभए पनि गाउँपालिकाको आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij