logo सोमबार, साउन ११ २०८३

पत्रकार फणि महतको निधन


  • बिचार खबर
  • बुधबार, बैशाख ३१ २०८२

पत्रकार फणि महतको निधन

३१ वैशाख, रौतहट । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । करिब दुईवर्षदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय महत दुई दशकदेखि पक्रकारितामा सत्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ । महासंघका मधेश प्रदेश महासचिव शैलेन्द्र महतोले शोक विज्ञप्ति जारी गर्दै अल्पायुमै भएको पत्रकार महतको निधनले मोफसलको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij