३१ वैशाख, काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक जनाको छ । सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो ।
आगलागीमा परी एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij