logo सोमबार, साउन ११ २०८३

सकम्बरीले गरिन् इन्गेजमेन्ट


  • बिचार खबर
  • बुधबार, बैशाख ३१ २०८२

सकम्बरीले गरिन् इन्गेजमेन्ट

काठमाडौं । २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् ।

प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गर्दै जानकारी दिएकी छन् ।

उनलाई प्रशंसकले बधाइ दिइरहेका छन् । केही महिनाअघि युट्युब अन्तर्वार्तामा कुसुले आफू र विश्वबीच गम्भीर प्रेम रहेको र चाँडै विवाह गर्न लागेको बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij