काठमाडौँ — आईसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजका लागि स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।
मुलपानीमा भएको बिदाई कार्यक्रममा कप्तान रोहित कुमार पौडेलबाहेक अरु सबै खेलाडी उपस्थित थिए ।
रोहित पौडेल कक्षा १२ को परीक्षामा सहभागी भएका कारण बिदाई कार्यक्रममा उपस्थित हुन नसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यस्तै पारिवारिक कारणले हेड कोच स्टुआर्ट ल पहिले युके गइसकेका छन् नै गइसकेका छन् । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ । कप्तान पौडेल परीक्षा सकेर जानेछन् ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
लिग-२ का नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij