logo सोमबार, भाद्र २९ २०८३

काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु


  • बिचार खबर
  • बुधबार, बैशाख ३१ २०८२

काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौंबाट पोखरा आउँदै गरेको  ग १ ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा– २५ हेमजाका ५१ वर्षीया धाङमाया गुरूङ रहेकी छन् भने बाँकी २ जनाको पहिचान हुन बाँकी रहेको कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

माइक्रो बसमा सवार ११ जनामध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

पोखराको लामेआहालमा सडकबाट तल खसेर उक्त माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij