के.आई ग्रुपले आगामी ६ जुनमा साउदी अरबको जुबेलमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
ग्रुपका सञ्चालक श्रीप्रसाद यवाका अनुसार अल हु मैदान हलमा (लुलु हाइपर मार्केटको पछाडिपट्टि) हुने कार्यक्रममा रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेंन लिम्बू, मधुमाया थापामगर, सुनिता थेगिम, प्रीति पासवानलगायतको प्रस्तुति रहनेछ।
विगत १५ वर्षदेखि साउदी अरबको जुबेलस्थित आफ्नो रेस्टुरेन्ट के.आई, हिमालयन किचन, के.आई फेन्सी, के.आई ट्राभल सञ्चालन गर्दै आएका के.आई.ग्रुपका अर्का सञ्चालक ओमप्रसाद फुँयाल र ईश्वर काप्रीका अनुसार देव धिमालले कार्यक्रमको संयोजन गरेका छन्।
पाँचथर जिल्ला हिलिहाङ गाउँपालिकाको यवा मार्गको १० किलोमिटर बाटो व्यक्तिगत लगानीमा बनाएका श्रीप्रसाद यवाले सोही मार्गको स्तरोन्नतिका लागि कार्यक्रम आयोजना गर्न लागेका हुन्।
उनले यस्ता कार्यक्रमहरूबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेका छन्। कार्यक्रमको टिकट साउदी अरबको जुबेल, दमाम र खोबरका सबै नेपाली होटेलहरूमा उपलब्ध गराइएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij