logo सोमबार, साउन ११ २०८३

चट्याङ पर्दा सिंगो रूखमा लाग्यो आगो


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३ २०८२

चट्याङ पर्दा सिंगो रूखमा लाग्यो आगो
काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जलेको छ।

शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० आँपघारीको बाँसटौवास्थित भित्री सडक खण्डमा एउटा रूखमा चट्याङ पर्दा पूरै रूख जलेको हो।

रूखमा आगो बलेपछि जंगल तथा वरिपरिका वस्तीमा फैलन नपाओस् भनेर त्यसलाई निभाउन सशस्त्र प्रहरीको टोली खटिएको थियो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार साँझै १५ नम्बर गण काभ्रेबाट खटिएको टोलीले रूखमा लागेको आगो नियन्त्रणमा लिएर रुख काटेर हटाएको थियो।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij