३ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित मेरिबेक सिटी काउन्सिलले नेपालकाे भरतपुर महानगरपालिकासँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अष्ट्रेलियामा पहिलोपटक कुनै स्थानीय सरकारमार्फत नेपालसँग औपचारिक भगिनी सम्बन्ध स्थापनाको बाटो खुलेको भिक्टोरियामा कार्यरत नेपालका लागि अवैतनिक वाणिज्यदूत निराजन गौलीले बताए ।
गौलीले नेपाली वाणिज्यदूत कार्यालयको पहलमा यो सहकार्य सम्भव भएको उल्लेख गर्दै भने, ‘नेपाली समुदायको लागि सुखद खबर हो र यो सुरुवातबाट अझ धेरै सम्भावनाहरू खोज्नेछौं।’
यो सहकार्यले शिक्षा, पर्यटन, संस्कृति, स्थानीय प्रशासन र सामाजिक एकताको क्षेत्रमा दीर्घकालीन साझेदारीको ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए । मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोयमा उल्लेख्य संख्यामा नेपाली समुदाय बसोबास गर्छन् ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij