logo सोमबार, भाद्र २९ २०८३

हावाहुरीबाट घाइते भएकाहरूको नि:शुल्क उपचार गरियोस् : शेखर कोइराला


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३ २०८२

हावाहुरीबाट घाइते भएकाहरूको नि:शुल्क उपचार गरियोस् : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपद्का बेला राज्यका सबै संरचनालाई सकृय बनाउन सरकारसँग आग्रह गरेका छन्।

शुक्रबारको हावाहुरीका कारण जनधनको क्षति भएपछि कोइरालाले विपदबाट हुन सक्ने सम्भावित क्षति रोक्नका लागि रायका सबै संरचना सकृय भएर लाग्नु पर्ने उल्लेख गरेका छन्। ‘विपद्का बेलामा राज्यका सबै संरचनालाई थप सकृय बनाउन जरुरी छ,’ डा. कोइरालाले शुक्रबारको घटनाप्रति दु:ख व्यक्त गर्दै भने, ‘सम्भावित क्षति रोक्न राज्यको थप सकृयता जरुरी देखिन्छ।’

उनले शुक्रबारको हावाहुरीका कारण घाइते भएकाहरूको उपचार सरकारले नि:शुल्क प्रबन्ध गर्नुपर्ने समेत उल्लेख गरेका छन्। ‘हावाहाुरीबाट घाइते भएकाहरूको उपचार प्रबन्ध सरकारले नि:शुल्क गरोस्,’ डा. कोइरालाले भनेका छन्। साथै उनले शुक्रबारको घटनामा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij