logo सोमबार, भाद्र २९ २०८३

नोरा फतेही नेपालमा : च्यारिटी कार्यक्रममा नृत्य प्रस्तुति


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३ २०८२

नोरा फतेही नेपालमा : च्यारिटी कार्यक्रममा नृत्य प्रस्तुति

बलिउडकी चर्चित नायिका तथा नृत्यांगना नोरा फतेहीले आज काठमाडौंको हायात ग्राउन्ड, बौद्धमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ च्यारिटी कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछिन्।

दिउँसो तीन बजे हुने यो कार्यक्रम वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. र ह्युमन रेस्पेक्ट नेपालको सहकार्यमा आयोजना हुँदैछ।  यसकाे मुख्य उद्देश्य विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु हो।

नोरा जो ‘दिलबर दिलबर’ र ‘ओ साकी साकी’ जस्ता हिट गीतहरूमा आफ्नो नृत्यका लागि परिचित छिन्। उनले यो अवसरमा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक कार्यमा योगदान दिने अपेक्षा गरिएकाे छ।

कार्यक्रममा मुम्बईबाट आएका २० भन्दा बढी नृत्यकलाकारसँगै नेपालका चर्चित कलाकारहरूले पनि प्रस्तुति दिनेछन्। नोराले नेपालको सांस्कृतिक सम्पदाप्रति उत्साह व्यक्त गर्दै काठमाडौंका ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने योजना बनाएकी छिन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij