काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालिन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा बिहीबार सर्लाही जिल्ला अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको थियो ।
थापा र यादवसहित अख्तियारले तत्कालिन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेश सरकारका तत्कालिन कानुन अधिकृत गोकुल भुजेललाई प्रतिवादी बनाइएको छ ।
अर्थ मन्त्रालयको अनुदानमा नगरपालिकाको ४ र १२ नम्वर वडामा बागमती माछापोखरी निर्माणको निर्णय स्वीकृत गर्दा मिलेमतोमा ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । उनीहरूविरुद्ध अख्तियारले ५६ करोड ७० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij