logo सोमबार, साउन ११ २०८३

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ


  • बिचार खबर
  • सोमबार, जेष्ठ ५ २०८२

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत सातजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख सात हजार नौ सय १५ रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५७ हजार चार सय रुपैयाँ  र नौ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशवराज जोशी समेत सातजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रुपैयाँसहित पक्राउ गरेको हो ।

तनहुँको व्यास नगरपालिका–११ रानीगाउँस्थित विष्णु पौडेलले सञ्चालन गरेको साथीभाई कटेजबाट जुवातास खेलिरहेको अवस्थामा विष्णु समेत आठजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij