logo सोमबार, साउन ११ २०८३

विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ


  • बिचार खबर
  • सोमबार, जेष्ठ ५ २०८२

विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।

दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय नागरिक २७ वर्षीय अरुण पलाथिङ्गल सोमन पक्राउ परेका हुन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त गाँजा बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

यसैगरी विमानस्थलको पार्किङ एरियाबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित अर्का भारतीय पनि पक्राउ परेका छन् । भारतीय नागरिक ३५ वर्षीया सुमैया मेहबुब शिखलाई प्रहरीले पक्राउ गरेको हो ।

थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij