logo सोमबार, साउन ११ २०८३

विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान


  • बिचार खबर
  • सोमबार, जेष्ठ ५ २०८२

विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान

५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेकी छिन् ।

विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुनका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सांसद गौतम अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्यसम्बन्धी समितिको सदस्यको रुपमा उक्त सभामा सहभागी हुन लागेकी हुन् ।

यस क्रममा उनले जेनेभामा संगठनले आयोजना गर्ने विभिन्न कार्यक्रमका सत्रहरूमा सहभागीता जनाउनेछिन् । विश्व स्वास्थ्य संगठनले तय गरेका सत्रहरूमा सहभागी हुँदै सांसद गौतमले स्वास्थ्य क्षेत्रका विविध विषयमा नेपालको तर्फबाट आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

विश्व स्वास्थ्य संगठनको सभामा सहभागी हुन नेपालबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल यसअघि नै जेनेभा पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij