५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे ।
अहिलेको समानुपातिक प्रणालीमा हङ पार्लियामेन्टमा हुने बताउँदै उनले यही प्रणालीमा बसेर बहुमत ल्याउन लाग्नुपर्ने उनले बताए ।
आफ्नो पार्टी आन्दोलनबाट माझिएर आएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस अनुसार नै अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij