logo बुधबार, भाद्र ३१ २०८३

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गर्‍यो पीडितसँग छलफल


  • बिचार खबर
  • सोमबार, जेष्ठ ५ २०८२

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गर्‍यो पीडितसँग छलफल

५ जेठ, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितहरूसँग छलफल गरेको छ ।

पटक पटक सरकारसँग सहमति गरेका पीडितहरूले फेरि आन्दोलन चर्काउने तयारी गरिरहेका बेला बाबुराम रेग्मी नेतृत्वको आयोगसँग छलफल गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार प्रशासन कार्यालयको हलमा मिटरब्याज पीडितहरूसँग आयोगले छलफल गरेको बताए ।

उनले भने, ‘आयोगकै काम अन्तर्गत छलफल भएको हो । हामी हल मात्रै उपलब्ध गराएका हौं ।’


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij