काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेल नियुक्त भएका छन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा पौडेललाई नियुक्त गरेको हो।
यससँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर विवाद टुंगिएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेकोमा सरकारले पौडेललाई नियुक्त गरेको हो।
समितिले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij