२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) धीरबहादुर चन्दमाथि कुटपिट भएको हो ।
भिडियोमा एक व्यक्ति असई चन्दलाई लछारपछार गर्दै गरेको देखिन्छ । चन्दको कमिज समेत च्यातिएको छ । प्रहरी निरीक्षक चन्दमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढेको जनाएको छ ।
डीएसपी बोहराले चन्दलाई कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेकाले उनलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिने बताए ।
कुटपिट गर्ने समूह भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij