नेपाली गीत–सङ्गीतको प्रतिष्ठित राष्ट्रिय अवार्ड “७औं जिनियस म्युजिक अवार्ड–२०८२” का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ। नेपालमा मात्र नभई विश्वभर रहेका नेपाली कलाकार, सर्जक तथा संगीतकर्मीहरूले अब www.geniusmusic.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
“नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जिनियस डिजिटल म्युजिक प्रा.लि. ले आयोजना गर्न लागेको यस अवार्ड कार्यक्रमको उद्देश्य नेपाली गीत–सङ्गीतको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रियकरण गर्नुका साथै नेपालको कला, संस्कृति र पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ।
यस वर्षको ७औं जिनियस म्युजिक अवार्ड–२०८२ अन्तर्गत वर्षभरि सार्वजनिक भएका उत्कृष्ट नेपाली गीत–सङ्गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने छ। साथै कला, पर्यटन, सामाजिक सेवा, व्यवसाय तथा अन्य विविध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई “जिनियस अचिभमेन्ट अवार्ड–२०२६” मार्फत विशेष सम्मान गरिने छ। यस अवार्ड समारोहमा चर्चित गायक–गायिका तथा कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति, पर्यटन प्रवर्द्धनसम्बन्धी आकर्षक कार्यक्रम तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने छ।
सम्पुर्ण कलाकार, सर्जक, संगीतकर्मी तथा सम्बन्धित सबैलाई समयमै www.geniusmusic.com.np मा गई आफ्नो आवेदन दर्ता गरी ७औं जिनियस म्युजिक अवार्ड–२०८२ मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij