logo बुधबार, असोज २८ २०८३

‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनमा राजेन्द्र र नृत्यमा हानिश विजयी


  • बिचार खबर
  • मंगलबार, असोज २७ २०८३

‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनमा राजेन्द्र र नृत्यमा हानिश विजयी

धनगढी। ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को ग्रान्ड फिनालेमा गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बनेका छन्।
सनिश्चर म्युजिक कम्पनी प्रा.लि.को आयोजनामा धनगढीस्थित होटल पौवामा शुक्रबार साँझ सम्पन्न फिनालेमा प्रतियोगीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए।
गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ योगी तृतीय र धर्मेन्द्र धामी चौथो रनरअप बने। त्यस्तै, नृत्यतर्फ सृजना बी.के. प्रथम, उमेश परियार द्वितीय, रेस्मी ठगुन्ना तृतीय र सपना चुडारा चौथो रनरअप घोषित भए।
फिनालेको निर्णायक टोलीमा ग्रान्ड जज जेम्स जोशीसहित भवानी रेग्मी, नरेन्द्र राज रेग्मी र शमिर परियार रहेका थिए। कार्यक्रमको सञ्चालन अनिता धामीले गरेकी थिइन् भने सह–निर्माता प्रमिला सिलवालको पनि सहभागिता थियो। कार्यक्रम व्यवस्थापन तथा आयोजनाको नेतृत्व प्रोग्राम डाइरेक्टर सुदीप जोशीले गरेका थिए।
प्रतियोगितामा अन्तर्राष्ट्रिय भोट, ईसेवा भोट, भोटिङ पास र निर्णायकको मतलाई आधार बनाइएको थियो। प्रत्येक निर्णायकलाई ५०० मताधिकार दिइएको थियो भने अन्य माध्यमबाट असीमित मत दिन सकिने व्यवस्था गरिएको थियो।
विजेताले नगद दुई लाख रुपैयाँ, चार लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर र अन्तर्राष्ट्रिय भ्रमणको पुरस्कार प्राप्त गर्नेछन्। प्रथम रनरअपले ७० हजार रुपैयाँ र तीन लाख रुपैयाँ बराबरको म्युजिक भिडियो निर्माण अवसर पाउनेछन्।

त्यस्तै, द्वितीय रनरअपले ३० हजार रुपैयाँ र दुई लाख रुपैयाँ बराबरको अवसर, तृतीय रनरअपले १३ हजार रुपैयाँ र एक लाख रुपैयाँ बराबरको अवसर तथा चौथो रनरअपले पाँच हजार रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा KT’s Smokehouse USA पावर्ड बाईका रूपमा जोडिएको थियो।

ईसेवा भोटिङ पार्टनर, खबर एण्ड लाइभ मिडिया पार्टनर, भायानेट इन्टरनेट पार्टनर, डीजे अशोक साउण्ड सिस्टम पार्टनर, कालभैरव ज्वेलर्स सपोर्टिङ पार्टनर, एस्ट्रा कन्सल्टिङ ग्रुप शिक्षा पार्टनर र होटल रिस्ता होटल पार्टनर रहेका थिए। होटल पौवा भेन्यु पार्टनरका रूपमा रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताले सुदूरपश्चिम र कर्णाली क्षेत्रका प्रतिभालाई आफ्नो कला प्रदर्शन गर्दै पहिचान स्थापित गर्ने अवसर प्रदान गरेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij