logo सोमबार, साउन ११ २०८३

नागढुंगा-नौबिसे सडक राति बन्द गरेर मर्मत गरिँदै


  • बिचार खबर
  • सोमबार, बैशाख २२ २०८२

नागढुंगा-नौबिसे सडक राति बन्द गरेर मर्मत गरिँदै

नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड आज रातिदेखि दश दिन आंशिक रुपमा बन्द हुने भएको छ। राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने छ।

वैशाख ३१ गतेसम्म सडक बन्द गरेर काम गरिने भएकाले उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर सबैमा जानकारी गराइएको छ।

अहिले १ दशमलव ८ किलोमिटर सडक सुधार गर्न लागिएको हो । रातिको समयमा उक्त खण्डको पुरानो कालेपत्रे पूरै भत्काइने भएकाले तोकिएको समयमा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन चल्न दिइने छैन।

अहिले नागढुंगादेखि मुग्लिनसम्म तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक भएर दैनिक १० हजार बढी सवारीसाधन ओहोरदोहर गर्छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij