logo बुधबार, भाद्र ३ २०८३

भारतको ‘आइकन अफ देवभूमि’ सम्मानबाट विभूषित भए टेकराज पाण्डे


  • बिचार खबर
  • मंगलबार, असार २ २०८३

भारतको ‘आइकन अफ देवभूमि’ सम्मानबाट विभूषित भए टेकराज पाण्डे

उत्तराखण्ड, भारत)— नेपालका चर्चित सौन्दर्यकर्मी, सेलेब्रिटी मेकअप आर्टिष्ट तथा अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर टेकराज पाण्डे भारतको उत्तराखण्डमा आयोजित ‘आइकन अफ देवभूमि अवार्ड–२०२६’ बाट विशेष सम्मानित भएका छन्। उनलाई नेपाल र भारतमा सौन्दर्य क्षेत्रको विकास, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘नेपालकै सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिष्ट’ को सम्मान प्रदान गरिएको हो। नेपालबाट उक्त अवार्ड जित्न सफल हुने एक मात्र नेपाली मेकअप तथा सेलीब्रेटी मेक अप आर्टिष्ट हुन ।

कुमाऊँ केसरीद्वारा आयोजित भव्य समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिबीच पाण्डेलाई सम्मान गरिएको थियो। आयोजकले सौन्दर्यकला, फेसन, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र कार्यक्रममार्फत नेपालको गरिमा बढाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई विशेष सम्मान प्रदान गरेको जनाएको छ।

लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय पाण्डे नेपालका हजारौँ युवायुवतीलाई व्यावसायिक मेकअप तथा ब्यूटी प्रशिक्षण प्रदान गर्दै आएका छन्। उनले उत्पादन गरेका धेरै प्रशिक्षार्थीहरू आज नेपाल तथा विदेशका प्रतिष्ठित सौन्दर्य संस्थामा सफल व्यवसायी र प्रशिक्षकका रूपमा स्थापित छन्।

सेलेब्रिटी मेकअप आर्टिष्टका रूपमा परिचित पाण्डेले नेपाली कला, मनोरञ्जन, फेसन तथा सौन्दर्य उद्योगसँग नजिकबाट काम गर्दै आएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, फेसन शो, अवार्ड समारोह र सांस्कृतिक कार्यक्रमहरूको सफल व्यवस्थापन तथा निर्देशनमा समेत उनको महत्वपूर्ण योगदान रहेको छ।

पाण्डेले यसअघि पनि सौन्दर्य तथा व्यक्तित्व विकास क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत विभिन्न देशबाट प्रदान गरिने थुप्रै अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन्। उनका उपलब्धिहरूले नेपालको सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको क्षेत्रका जानकारहरू बताउँछन्।

सम्मान ग्रहणपछि पाण्डेले यो उपलब्धि सम्पूर्ण नेपाली सौन्दर्यकर्मी, प्रशिक्षार्थी तथा आफूलाई निरन्तर विश्वास र साथ दिने शुभेच्छुकहरूको साझा सफलता भएको बताए। उनले आगामी दिनमा पनि नेपालको सौन्दर्य उद्योगलाई विश्वस्तरमा चिनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी अतिथिहरूले टेकराज पाण्डेलाई नेपालको सौन्दर्य क्षेत्रको सफल प्रतिनिधि तथा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनको योगदानको खुलेर प्रशंसा गरेका थिए। नेपाल र भारतबीचको सौन्दर्य, फेसन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत पाण्डेको भूमिका उल्लेखनीय रहेको कार्यक्रममा बताइएको थियो।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij