logo बिहिबार, असोज २९ २०८३

‘आयो आयो दशैँ आयो’ सार्वजनिक (भिडियो)


  • बिचार खबर
  • बुधबार, असोज २८ २०८३

‘आयो आयो दशैँ आयो’ सार्वजनिक (भिडियो)

नेपालीहरूको महान् पर्व बडादशैँलाई लक्षित गर्दै ‘आयो आयो दशैँ आयो’ बोलको आधिकारिक दशैँ गीत तयार गरिएको छ। विश्व हिन्दु कलाकार मञ्च नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समिति प्रस्तुतकर्ता रहेको उक्त गीतले दशैँको सांस्कृतिक महत्त्व, मौलिक परम्परा र पर्वको उल्लासलाई समेट्ने उद्देश्य राखेको छ।

कमल अधिकारीको सङ्गीत तथा नरहरि प्रेमीको शब्द रहेको गीतमा गायिका एवं विश्व हिन्दु कलाकार मन्चकी उपाध्यक्ष पूजन काफ्लेको गीतमा स्वर रहेको छ । यसै संगै ले प्रेमी, कमला अधिकारी, रोशन अधिकारी र शेरबहादुर डिसील गायतका कलाकारको पनि स्वर रहेको छ। बाँसुरीमा महेन्द्र लामाले साथ दिएका छन्।

गीतको निर्देशन शिवन पोखरेलले गरेका छन्। शेरबहादुर डिसीले निर्देशन सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। ईश्वर बल्लभ उप्रेतीले छायाङ्कन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने दृश्य छायाङ्कनमा प्रदीप मैनालीको योगदान रहेको छ।

त्यसैगरी, टोलाङ्गी प्रोडक्सन कन्ट्रोलरका रूपमा अमर खड्का रहेका छन्। लोकेसन सहायकमा पेम्बा शेर्पा, प्राविधिक सहयोगमा नवीन खड्का र योगेन्द्र पाठक तथा यातायात व्यवस्थापनमा मिनराज खत्रीको योगदान रहेको छ।

गीतको भिडियोमा शेरबहादुर डिसी, शिवन पोखरेल, गोपाल ढकाल (छन्दे), पवित्रा आचार्य, पूजन काफ्ले, मैयाँदेवी काफ्ले, प्रदीपकुमार रसाइली, केशव अधिकारी, कृष्णराज भण्डारी, जी.आर. बानियाँ, पुष्कर धानु, सनराइज, सुधा उप्रेती, नीतु कोइराला, नारायण देवकोटा, समीक्षा केसी, विनोद महतो, अमर खड्का, देवेन्द्र साही, रिया खत्री र बिम थापालगायतका कलाकार सहभागी छन्।

नेपाली मौलिक पर्व, परम्परा र सांस्कृतिक पहिचानलाई गीत–सङ्गीतमार्फत जीवन्त राख्ने प्रयासका रूपमा ‘आयो आयो दशैँ आयो’ गीतलाई लिन सकिन्छ।

दशैँको आगमनसँगै पर्वको उत्साह र पारिवारिक आत्मीयतालाई सङ्गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको यस गीतमा विभिन्न क्षेत्रका कलाकार तथा प्राविधिक टोलीको सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij