logo बुधबार, भाद्र ३ २०८३

वातावरण संरक्षणमा योगदान पुर्‍याएबापत नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस सम्मानित


  • बिचार खबर
  • सोमबार, जेष्ठ ४ २०८३

वातावरण संरक्षणमा योगदान पुर्‍याएबापत नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस सम्मानित

काठमाडौं । फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस लाई प्रतिष्ठित ईन्भारमेन्टल एक्सिलेन्स अवार्ड -२०२६  प्रदान गरिएको छ ।

लक्जरी ईभेन्टस एण्ड ईन्टरटेनमेन्टद्वारा आयोजित उक्त सम्मान समारोह २०८३ साल जेठ २ गते नेपाल फिल्म डेभलपमेन्ट बोर्ड मा विभिन्न विशिष्ट व्यक्तित्व तथा अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो ।

संस्थाले फोहोर संकलन, पुनः प्रयोग (रिसाइक्लिङ), प्रदूषण नियन्त्रण तथा दिगो वातावरणीय अभ्यासमार्फत स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस ले सञ्चालन गर्दै आएका प्रभावकारी वातावरणीय अभियान तथा जिम्मेवार फोहोर व्यवस्थापन सेवाले शहरी सरसफाइ, वातावरणीय चेतना अभिवृद्धि तथा दिगो विकास प्रवर्द्धनमा प्रेरणादायी उदाहरण स्थापित गरेको उल्लेख गरिएको छ ।

आयोजक संस्था लक्जरी ईभेन्टस एण्ड ईन्टरटेनमेन्टले संस्थाको नेतृत्व, समर्पण तथा हरित र स्वच्छ नेपाल निर्माणमा पुर्‍याएको सकारात्मक योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

कार्यक्रमको सभापतित्व पूजा रेग्मी महन्त ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल को विशेष उपस्थिति रहेको थियो ।

सम्मान, शुभकामना तथा वातावरणीय दिगोपन र सामाजिक विकासप्रति संस्थाले आगामी दिनहरूमा पनि निरन्तर सफलता हासिल गरोस् भन्ने शुभेच्छासहित कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij